REHABILITATION - पुनर्स्थापना एउटा यात्रा हो जुन केवल शारीरिक सुधारमा मात्र सीमित छैन, यो व्यक्तिको समग्र जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रक्रिया हो।

पुनर्स्थापनाको उद्देश्यहरु :

 व्यक्तिलाई लतबाट मुक्त गर्नु मुख्य उद्देश्य हो।

- स्वस्थ जीवनशैली विकास गराउंनु|

- मानसिक स्वास्थ्यलाई प्राथमिकता दिइ तनाव, चिन्ता, डिप्रेशन, र आत्म-नियन्त्रण जस्ता समस्याहरूलाई व्यवस्थापन गरि मानसिक स्वास्थ्य सुधार गर्ने।

-व्यक्तिलाई पुन: समाजमा सफलतापूर्वक फर्किन मद्दत गर्ने, जसले गर्दा उनीहरू आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनलाई पुन: सन्तुलित गर्न सकुन|

पुनर्स्थापनाबाट प्राप्त हुन सक्ने फाइदाहरू:

लत त्याग्नाले शरीरको सामान्य कार्यक्षमता पुन: स्थापित हुन्छ जसले गर्दा ऊर्जा स्तर, निद्रा, र समग्र स्वास्थ्य सुधार हुन्छ र शारीरिक स्वास्थ्यमा सुधार हुन्छ।

पुनर्स्थापनाको दौरान, व्यक्तिले आफ्ना भावना र विचारलाई व्यवस्थापन गर्न सिक्छन्, जसले मानसिक स्पष्टता र आत्म-नियन्त्रणमा सुधार ल्याउँछ।

पुनर्स्थापनाले परिवार, साथी, र समाजसँगको बिग्रिएका सम्बन्धहरूलाई सुधार गर्न मद्दत पुर्‍याउँछ र सकारात्मक सम्बन्धहरू पुन: निर्माण गर्दछ|

स्वस्थ बानीहरू र आत्म-स्वीकृति विकास गरेपछि व्यक्तिको जीवनस्तरमा सुधार हुन्छ, जसले गर्दा दीर्घकालीन खुशी र सन्तुष्टि मिल्छ।

पुनर्स्थापनाले व्यक्तिलाई स्वतन्त्र र आत्मनिर्भर बनाउँछ। लतको नियन्त्रणबाट मुक्त भएपछि आत्म-सम्मान र आत्मविश्वास बढ्छ।

पुनर्स्थापनाबाट स्वस्थ भएका व्यक्तिहरू समाजमा सकारात्मक योगदान दिन सक्षम हुन्छन्, जसले उनीहरूलाई समाजमा पुनः सम्मानित सदस्यको रूपमा स्थापित गर्दछ|

Comments

Popular posts from this blog

उपचार कार्यक्रम

उपचारका परिवर्तनकारी फाइदाहरू

Welcome to Our Rehabilitation Center in Jhapa, Nepal